शिक्षक सेवा आयोग : पुनर्योग गर्नेको भीड


५ पुष २०७५, बिहीबार
teacher aayog

काठमाडौं, ५ पुस । शिक्षक सेवा आयोगमा पुनर्योग गर्नेको भीड लागेको छ ।

teacher aayog

केही दिनअघि प्रकाशित माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको परीक्षाफलमा असन्तुष्टि जनाउँदै पुनर्योग गर्नेको भीड लागेको आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिएका छन् ।

उनका अनुसार अहिलेसम्म करीब एक हजारले ९०० ले पुनर्योगका लागि निवेदन दिइसकेका छन् । नतिजा आएको १० दिनभित्र पुनर्योग गर्न आयोगले समय दिएको थियो ।

आयोगमा आएर नै पुनर्योगका लागि निवेदन दिनुपर्ने हुन्छ । उनले सोचभन्दा कम शिक्षक अनुत्तीर्ण भएकाले पुनर्योग गर्नेको संख्या बढेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७