वीरगन्जमा फोरमको फराकिलो अग्रता


१० आश्विन २०७४, मंगलवार
Upendra Yadav

काठमाडाैं   : दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालले अग्रता अझै बढाएको छ। नेपाली कांग्रेसको प्रमुख पदका उम्मेदवार अजय कुमार द्विवेदीलाई पछाडि छोडेका संघीय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले मतान्तर १२३५ पुर्‍याएका छन्।

Upendra Yadav

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार सरावगीले १६ हजार ३ सय ३९ मत प्राप्त गरका छन् भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका द्विवेदीले १५ हजार १ सय ४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप-प्रमुख पदमा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। नेपाली कांग्रेसको तर्फाबाट प्रमुख पदकी प्रत्यासी शान्ति कार्की झन्डै १८ सयभन्दा बढी मतको अन्तरले संघीय समाजवादी फोरम नेपालकी पिंकी देवी यादवलाई उछिनिरहेकी छन्। कार्कीले १७ हजार ४ सय ६२ मत ल्याउन सफल भएकी छन् भने फोरमकी पिंकी यादवले १५ हजार ५ सय ८० मत प्राप्त गरेकी छन्।

त्यसैगरी प्रमुख पदमा ९ हजार ९ सय ४२ मत प्राप्त गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) को प्रमुख पदका प्रत्यासी राजेशमान सिंह तेस्रो स्थानमा पुगेका छन्। सतगणनाको सुरूवातमा अग्रता लिएका उनी क्रमशः पछि परेका हुन्।

७ हजार ५ सय २० मत ल्याउँदै नेकपा एमालेका बसरुद्दीन अन्सारी चौथो स्थानमा रहेका छन् । अन्सारीलाई पछ्याउदै नेकपा माओवादी केन्द्रका रह्बर अन्सारी ७ हजार ४ सय ९८ मत ल्याउदै पाँचौ स्थानमा छन् भने ६ हजार  ८ सय ७१ मत प्राप्त गर्दै नेपाली लोकतान्त्रिक फोरमका विमल प्रसाद श्रीवास्तव छैठो स्थानमा रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७