काँग्रेस बिगार्नु मात्रै सिपालु बनाउँनु जान्दैन : ओली


८ मंसिर २०७४, शुक्रबार
kp oli

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस बनाउँनु नजान्ने बिगार्नु मात्रै सिपालु रहेको आरोप लगाएका छन् ।शुक्रवार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित चुनावीसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् ।

kp oli
फाइल तस्बिर

ओलीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि एमाले र नेकपा (माओवादी केन्द्र)बिच पार्टी एकताका साथै वामपन्थीको स्थायी सरकार निर्माण हुने जिकिर गरेका छन् ।
ले निर्वाचनमार्फत संविधानमा रहेका संरचना निर्माण हुने बताउँदै भने, ‘संविधानमा समेटिएका संरचना निर्माण र वामपन्थीहरुको एकता र भिजनसहितको स्थायी सरकार बन्ने कुराले निर्वाचनको महत्त्व छ ।’
चुनावीसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापाले मुलुकभित्र रहेका वामपन्थीहरु छिट्टै एकताबद्ध हुने बताए । निर्वाचनका बेला वामपन्थीबीचको एकताले विजयलाई जन्माएको जिकिर गर्दै उनले समृद्धि र स्वाधीनताको रक्षासमेत हुने धारणा राखे । नेता थापाले आफूहरुको विजय यात्रालाई रोक्न काँग्रेसलगायत अन्य दलले दुष्प्रचार गरिरहेको आरोपसमेत लगाए ।
एमालेका उपाध्यक्ष भीमबहादुर रावलले वाम गठबन्धनपछि काँग्रेस अत्तालिएको बताउँदै काँग्रेसकै कारण राष्ट्रियता खतरामा रहेको आरोप लगाएका छन् । ‘राष्ट्र नै रहेन भने नेपाली काँग्रेसले भनेजस्तो लोकतन्त्र कहाँ रहन्छ ?’ सभामा बोल्ने एमाले र वामपन्थी नेताले वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७