प्रदेश नं: १ मा निर्वाचनको सुरक्षाः १० हजार बढी प्रहरी परिचालन


८ मंसिर २०७४, शुक्रबार
Nepal Police 1

बिराटनगर: एक नम्बर प्रदेशमा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाका लागि १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।Nepal Police 1

एक नम्बर प्रदेश अन्तर्गत पर्ने १४ जिल्ला मध्ये पहिलो चरणमा हिमाली एवं पहाडी गरी ७ वटा जिल्ला मंसिर १० गते निर्वाचन हुँदैछ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ५ हजार वढी प्रहरी परिचलन गरिएको जानकारी दिए ।

त्यसैगरी, निर्वाचन सुरक्षाका लागि थप ५ हजार ३ सय म्यादी प्रहरी परिचालन गरिएको उनले बताए । मंसिर १० गते पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पॉचथर र खोटाङमा निर्वाचन हुँदैछ ।

उपाध्ययले विगतमा जस्तै यस पटकको निर्वाचनमा पनि जिल्ला सुरक्षा योजना अनुसार ती जिल्लाको निर्वाचन सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए । उनले पहिलो र दोश्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नम्बर एक अन्तर्गत पर्ने १४ जिल्लाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी कुल ३० हजार बढी परिचालन गरिने बताए ।जसमा १६ हजार म्याद ८ सय म्यादी प्रहरी र १३ हजार बढी नेपाल प्रहरी परिचालन हुनेछन् ।

एक नम्बर प्रहरी प्रमुख उपाध्ययले पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लामा भौगोलिक विकटता बढी भएकाले सोही अनुसार निर्वाचन सुरक्षाको व्यवस्था गरिएको बताए । उपाध्ययले भने, ‘ताप्लेजुङ र सोलुखुम्बु जिल्लाका धेरै मतदान केन्द्र र स्थलमा भौगोलिक विकटता छ, त्यस्ता मतदान स्थानमा अन्य सुरक्षा निकायको समन्वयमा निर्वाचन सुरक्षाको प्रबन्ध मिलाएका छौ ।’

उनले पहिलो चरणमा निर्वाचन हुने हिमाली एवं पहाडी जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाउँका मतदान केन्द्रलाई संवदेनशीलमा राखिएको बताए । एउटा मतदानस्थलमा कम्तिमा २० देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७