अब कसैले रोकेर पार्टी एकता रोकिँदैनः प्रचण्ड


८ मंसिर २०७४, शुक्रबार
Prachanda

रत्ननगर चितवन: पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पार्टी एकताबाट एमाले र माओवादी पछि हट्ने ठाउँ नै नरहेको बताएका छन्।Prachanda

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता अब कसैले रोकेर नरोकिने भन्दै दाहालले कति पनि भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।

शुक्रबार साँझ भरतपुर महानगरपालिका–१८ मा आयोजित चुनावी अभियानका क्रममा नेकपा एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “हामी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन, पार्टी एकता संयोजन समिति बनाएर मात्र चुनावी तालमेलको छलफल थालेका हौँ ।”

दाहालले थपे, “हामी पछाडिको पुल भत्काएर अघि बढेका छौँ, अब फर्कन खोजे डुबिन्छ ।” अब कोही पनि एकताबाट भाग्न सक्ने ठाउँ नरहेको जिकिर गर्दै दाहालले भन्नुभयो, “एकता भएन भने म, केपी जी, माधव जी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामु मुख देखाउन लाज हुन्छ ।”

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादको बीचबाट नयाँ संश्लेषणमा पुग्ने उल्लेख गर्दै दाहालले अब हिँड्ने शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो समाजवादको बाटो हो भन्नेमा पनि एकमत भएको दाबी गरे।एमाले र माओवादीबीच एकताको सवाल मात्र होइन, राष्ट्रको समृद्धि र स्थिरताको सवाल भएको उनको जिकिर थियो।

उनले हाम्रा सन्ततिहरुको भविष्य निर्माणको सवाल भएकाले यसलाई पार्टीगत सङ्कीर्णताभन्दा माथि उठेर हेर्न कार्यकर्तालाई आग्रह गरे। पुत्र शोकमा परेका दाहाल आजदेखि पुनः चितवन क्षेत्र नं ३ को चुनावी अभियानमा सरिक भएका हुन्।बिराटनगर एक नम्बर प्रदेशमा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाका लागि १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

एक नम्बर प्रदेश अन्तर्गत पर्ने १४ जिल्ला मध्ये पहिलो चरणमा हिमाली एवं पहाडी गरी ७ वटा जिल्ला मंसिर १० गते निर्वाचन हुँदैछ ।प्रदेश नम्बर १ का प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्ययले निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका ५ हजार वढी प्रहरी परिचलन गरिएको जानकारी दिए ।

त्यसैगरी, निर्वाचन सुरक्षाका लागि थप ५ हजार ३ सय म्यादी प्रहरी परिचालन गरिएको उनले बताए ।मंसिर १० गते पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पॉचथर र खोटाङमा निर्वाचन हुँदैछ । उपाध्ययले विगतमा जस्तै यस पटकको निर्वाचनमा पनि जिल्ला सुरक्षा योजना अनुसार ती जिल्लाको निर्वाचन सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले पहिलो र दोश्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नम्बर एक अन्तर्गत पर्ने १४ जिल्लाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी कुल ३० हजार बढी परिचालन गरिने बताए ।जसमा १६ हजार म्याद ८ सय म्यादी प्रहरी र १३ हजार बढी नेपाल प्रहरी परिचालन हुनेछन् ।

एक नम्बर प्रहरी प्रमुख उपाध्ययले पहिलो चरणमा निर्वाचन हुने हिमाली जिल्लामा भौगोलिक विकटता बढी भएकाले सोही अनुसार निर्वाचन सुरक्षाको व्यवस्था गरिएको बताए ।उपाध्ययले भने, ‘ताप्लेजुङ र सोलुखुम्बु जिल्लाका धेरै मतदान केन्द्र र स्थलमा भौगोलिक विकटता छ, त्यस्ता मतदान स्थानमा अन्य सुरक्षा निकायको समन्वयमा निर्वाचन सुरक्षाको प्रबन्ध मिलाएका छौ ।’

उनले पहिलो चरणमा निर्वाचन हुने हिमाली एवं पहाडी जिल्लासँग जोडिएका स्थान र विगतका अपराध भएका ठाउँका मतदान केन्द्रलाई संवदेनशीलमा राखिएको बताए ।एउटा मतदानस्थलमा कम्तिमा २० देखि ४९ जनासम्म जनपथ प्रहरी र आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गर्ने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोली समेत परिचालन गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७