टाइम्सलाई अल्फ बिटा फुटसल उपाधि


८ मंसिर २०७४, शुक्रबार
6

काठमाडौं: टाइम्स इन्टरनेसनल कलेजले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।6

शंखमूल फुटसलमा भएको फाइनलमा टाइम्सले आईडियल कलेजलाई टाइ ब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । टाइम्सबाट विवेक गुरुङ, सन्तोष महत, अनिश कार्की, अनिल खड्का र आशिष सुनामले गोल गरे । आईडियलबाट उर्केन शेर्पा, सागर स्याङतान, अमित लामा र सुरजज्यू ठकुरीले पेनाल्टी अवसरलाई सदुपयोग गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।
उपाधिसंगै टाइम्सले १ लाख तथा आईडियलले ६० हजार नगद पुरस्कार हात पारे । तेश्रो भएको साइपालले ४० हजार नगदमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको खेलमा साइपालले कान्जिरोवालाई ९–० को फराकिलो गोलअन्तरले हरायो । विजयी टिमका लागि मुकेश तामाङले ४ गोल गरे भने अशोक तामाङ, सुजन बस्नेत, निशान माझी, इङग्ला लिम्बू र सागर कटवालले १–१ गोल थप्दै जित अन्तर फराकिलो बनाएका थिए ।

आईडियलका सुरजज्यू ठकुरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । साइपालका मुकेश तामाङ सर्वाधिक गोलकर्ता बने । प्रतियोगताभर उनले ११ गोल गरे । दुवै ट्रफीसहित जनही १० हजार नगदबाट पुरस्कृत भए । विजेतालाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, अल्फा बिटाका कार्यकारी अध्यक्ष द्विराज शर्मा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, लक्ष्मी बैंककी म्यानेजर सविना बाँस्तोलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७