अस्थायी शिक्षकको अन्तरवार्ता आउँदो सातादेखि, काठमाडौंको नतिजा बाँकी


८ पुष २०७५, आईतवार
teacher aayog

काठमाडौं, ८ पुस । अस्थायी शिक्षक परीक्षाको नतिजा प्रकाशन अन्तिम अवस्थामा पुगे पनि अनुत्तीर्ण र गोल्डेन हेन्डसेक रोजेका शिक्षकको बिदाइका लागि रकमको व्यवस्थापन भने शिक्षा मन्त्रालयले गर्न सकेको छैन ।

teacher aayog

शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले आउँदो साताबाट अस्थायी शिक्षक परीक्षामा नाम निकालेकाहरुको अन्तरवार्ता लिने काम शुरु गरिने बताएका छन् । तर, कुन तहको अन्तरवार्ता कहिलेदेखि गर्ने ठ्याक्कै मिति तय भई नसकेको जनाउँदै आउँदो सातादेखि अन्तरवार्ता लिनका लागि आन्तरिक कामहरु भइरहेको जानकारी दिए ।

उनले काठमाडौंको नतिजा मात्रै प्रकाशन गर्न बाँकी रहेको बताएका छन् । यता भने शिक्षकलाई बिदाइ गर्ने गोल्डेन हेन्डसेक वापतको रकमको जोहो भने हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले गोल्डेन हेन्डसेक प्रदान गर्नका लागि ५ अर्ब २५ करोड रुपैयाँको व्यवस्था रहेको जनाएका छन् । मन्त्रालयले आवश्यक रकम अन्तिम नतिजा प्रकाशनसम्म जोहो गरिसक्ने जनाए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले मन्त्रालयसँग भर्खर १० अर्ब रुपैयाँको प्रस्ताव गरेको जानकारी दिएका छन् ।

उनले मन्त्रालयसँग ५ अर्ब २५ करोड रुपैयाँको व्यवस्था रहेको बताउँदै भने यति धेरै संख्यामा अनुतीर्ण हुने अनुमान आफूहरुले नगरेको बताएका छन् । महानिर्देशक पौडेलले भने, ‘हामीले १५ प्रतिशतभन्दा धेरै अनुतीर्ण नहोला र पैसा पुग्ला भन्ने अनुमान गरेका थियौ तर, अहिलेको अवस्था हेर्दा १० अर्बले समेत अपुग होला कि भन्ने शंका छ ।’

उनले आयोगले अनुत्तीर्णको संख्या अहिले पठाइनसकेको बताउँदै भने अन्तिम नतिजा आउन बाँकी तर अहिलेसम्मको अनुमानित अनुत्तीर्णको संख्या ४० प्रतिशत अनुमान गरेको बताएका छन् । महानिर्देशक पौडेलले थपे, ‘नतिजा प्रकाशन भएको अन्तिम मितिबाट नै गोल्डेन हेन्डसेक प्रदान गर्न शुरु गर्छौं, त्यसअवधिमा पैसा व्यवस्थापनको सबै काम सक्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७