उपत्यका, सुनसरी र झापामा गेसोकाे युवा कमिटी गठन


८ पुष २०७५, आईतवार
Sunsari

काठमाडौं, ८ पुस : गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले काठमाडौं उपत्यकासहित तीन जिल्लामा युवा कमिटी गठन गरेको छ ।

उपत्यकामा अजेश राईको अध्यक्षतामा २५ सदस्यीय (गेसो) युवा उपत्यका कमिटी गठन भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा गेसोका केन्द्रीय सभापति कृष्णकुमार राईको उपस्थितिमा युवा कमिटी गठन भएको हो ।

Sunsari
उपत्यका कमिटि

नव गठित कमिटीको उपाध्यक्षद्वयमा चिजमाया राई र देवानन्द आले, सचिवमा नुदन राई, सहसचिवमा श्याम राई र कोषाध्यक्षमा जोशन राई रहेका छन् ।

यस्तै उपत्यका कमिटी सदस्यहरुमा अनुप राई, प्रदिप गुरुङ, सजिन राई, टंकप्रसाद थापा, खगेन्द्र गुरुङ, मनप्रसाद गुरुङ्ग, सुरेन्द्र राना, सन्देश राई, साङ्गेन राई, अजप राई, मनिकला राई रहेका छन् । यस्तै अन्य सदस्यहरुमा एलिना राई, राजकुमार राई, देवहाङ राई, मिलन राई, नेत्र वनेम, दिलिप लिम्बू, सुष्मा राई र ज्योतिप्रकाश वेघा रहेका छन् ।

यस्तै सुनसरीमा हस्तराज लिम्बूको अध्यक्षतामा १३ सदस्यी गेसोको युवा कमिटी गठन भएको छ । कमिटीको सचिवमा दिलकुमार राई रहेका छन् ।

Morang
भापा कमिटि

यस्तै सदस्यहरुमा धनराज लिम्बू, उमेश राई, विनोद थापामगर, रोगेन्द्र राई, सन्तोष राई, विनोद राई, प्रमिला राई, रेशमहाङ लिम्बू र मिलन लिम्बू रहेका छन् । कमिटीमा उपाध्यक्ष र कोषाध्यक्ष थप गरिने नव गठित कमिटीका अध्यक्ष हस्तराज लिम्बूले जानकारी दिएका छन् ।

Jhapa
सुनसरी कमिटी

त्यस्तै झापामा देउकुमार नेम्वाङ्गको अध्यक्षतामा ११ सदस्यीय गेसोको युवा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुकवीर तामाङ, सचिवमा टेकबहादुर चेम्जोङ र कोषाध्यक्षमा डिप्लव राई रहेका छन् ।

यस्तै कमिटीको सदस्यहरुमा राधा राई, पदम वान्तवा, भोजकुमार राई, कृष्णबहादुर विक, रविन राई, गोपाल चेम्जोङ्ग र धनबहादुर राई रहेका छन् ।

उपत्यकामा गठित गसोको युवा कमिटीलाई बधाई र शुभकामना दिंदै गेसोका केन्द्रीय सभापति कृष्णकुमार राईले अब युवाहरूले नेपालको स्वाधिनता, समृद्धि र न्यायका लागि आन्दोलनमा उत्रनु पर्ने बताएका छन् ।

उनले आफ्ना पिता पुर्खाले न्यायका लागि रगत र पसिना बगाएको स्मरण गर्दै न्यायीक अभियानमा साथ दिन समेत युवा कमिटीका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै ललितपुर जिल्ला गेसो महिला संघकी इन्द्रकुमारी राईले युवाहरूलाई गेसोको बलियो आधारस्तम्भको रुपमा सवल बनाउँदै गेसोको अभियान सफल बनाउन आफ्ना गतिविधि सक्रिय बनाउन आग्रह गरेकी छन् । गेसोले अहिले देशका अन्य जिल्लाहरुमा समेत युवा कमिटी गठनलाई तीव्रता दिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७