रुकुममा जीप दुर्घटना, नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु


९ मंसिर २०७४, शनिबार
Narendra and anita

रुकुम : रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ मा जीप दुर्घटना हुँदा नवदम्पती नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमका लागि छुटेको ग १ ज ४२६० नम्बरको स्कारपियो जीप मुसिकोट नगरपालिका ६ डाडीगाउँमा शुक्रबार साँझ दुर्घटना भएको हो ।

Narendra and anita
प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान श्रेष्ठ ।

मुत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाही, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र सुरेखा शाह श्रेष्ठ, त्रिवेणी गाँउपालिका वडा नं.१ की यमुना मल्ल शाही र रुकुमकोट निवासी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान श्रेष्ठ छन् ।
उनले तीन दिनअघि अनितासँग बिहे गरेका थिए । बिहे सकेर काममा फर्किँदै गर्दा जिप सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
त्यस्तै घाइते चालक तुल्सीपुर उपमहानगरपालिका वडा नं. १६ का प्रेम सिउजाली थापा, सहचालक बाँफिकोट गाउँपालिका मग्माका प्रमे केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायव निरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । मृतक सबैको शव अहिले जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।
अस्पताल परिसरमा आफन्तको भीड लागेको छ । प्रहरी निरीक्षक नवीनको आमाबुबा इटहरीबाट आएपछि मात्र शव परीक्षण गरिने भएकाले केही ढिला भएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७