डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा


९ मंसिर २०७४, शनिबार

रौतहट : सशस्त्र प्रहरीका एक डिआइजी तीन वर्ष बढी जागिर खाएको भेटिएको छ। मध्यक्षेत्रीय सशस्त्र प्रहरी रुद्रबाहिनी पथलैयाका डिआइजी नरेन्द्र सिंह सेवाअवधिभन्दा तीन वर्ष बढी जागिर खाएको भेटिएको हो।

Narendra Shing

सशस्त्र प्रहरी प्रधान कार्यालयले सिंहको फाइल पल्टाउँदा तीन वर्षअघि नै अवकास पाइसक्नुपर्ने पाइएको हो। सिंहको २०४१ चैत ११ गते भर्ना भएको देखिएको सशस्त्र प्रधान कार्यालय हलचोक स्रोतले जनाएको छ।

उक्त फाइल भेटिएपछि हलचोकले अवसकास पत्र पठाएको थियो। अवकास पत्र पाउनेवितिकै आफूमाथि अन्याय भएको भन्दै सिंह रातारात काठमाडौं गएका छन्।

उनले चुनावको मुखमा आफूमाथि अन्याय भएको बताएका छन्। उनले आफ्नो भर्ना २०४५ चैत  १ गते भएको स्पष्ट पारे। ‘मेरो औपचारिक भर्ना २०४५ चैत १ गते भएको हो। त्यसपछि मैले २०४९ चैत ११ गते इन्सेक्टरमा नाम निकालेको थिएँ। अहिले एआइजी हुनबाट रोक्न आफूमाथि अन्याय गरियो,’ उनले भने।

उनले २०४१ चैत ११ गते पहिलोपटक भर्ना भएको तर बीचमा आफू सेवामा संग्लन नभएको स्पष्ट पारे। अवकास नै दिनुपर्ने थियो भने छ महिनाअघि खबर गर्नुपर्ने उनको तर्क छ।

सशस्त्र प्रहरीका प्रवक्ता बाबुराम  पाण्डेले यस्तो खबर आएपनि आधिकारिक जानकारी नपाएको बताए। ‘यो विषयमा कुरा आएको छ। हामीले यसबारे अनुसन्धान गरिरहेका छौं। छिट्टै यसबारे औपचारिक धारणा सार्वजनिक गर्नेछौं,’ उनले भने।

नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७