संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा गोर्खा सैनिकका समस्या बारेमा छलफल


९ पुष २०७५, सोमबार
parliament with gesho 7

काठमाडौँ, ९ पुस : प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्या सम्बोधनको निम्ती सरकार गम्भिर हुनुपर्ने समितिको निचोड छ ।

parliament with gesho 7


समितिको सोमबार बसेको बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल)ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताइन् । बैठकमा समिति सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपू ब्रिटिस गोर्खाको सङ्घर्ष राष्ट्रियता, न्याय र समानताका लागि भएको बताउँदै यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग छुट्टै छलफल गर्नुपर्ने बताए ।

parliament with gesho 10



समिति सदस्य एवं पूर्वरक्षामन्त्री भीमबहादुुर रावलले भूपूब्रिटिस गोर्खाका समस्या सम्बोधन गर्ने सम्बन्धमा नेपाल सरकारले विज्ञसहितको वार्ता टोली बनाएर तुरुन्त संयुक्त अधिराज्यसँग वार्ता गर्नुपर्ने सुझाव दिए । साथै उनले भूपू ब्रिटिस गोर्खाका समस्या यथावत् रहेको अवस्थामा ब्रिटिस गोर्खा सैनिकमा नेपाली महिलाको भर्ती शुरुआत भएकोप्रति आपत्ति प्रकट गरे ।

बैठकमा समिति सदस्य सुजिता शाक्य, सुदन किराती, दिव्यमणि राजभण्डारी, दीपकप्रकाश भट्ट, नारदमुनी राना, रेनुका गुरुङ, सरलाकुमारी यादव र बोधमाया कुमारी यादवले विगत २०० वर्षदेखि ब्रिटिस गोर्खामा कार्यरत नेपालीलाई बेलायतले शोषण गरिहेको भन्दै समस्या सम्बोधन गर्न नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।



हामी न्यायको प्रतिक्षामा छौं : गेसो सभापति

parliament with gesho 1


बैठकमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती सरकार गम्भिर हुनुपर्ने बताए । लामो संघर्षको जगमा प्राबिधिक समिति निर्माण भएको र त्यसले सिफारिस गरेका मुद्दाहरु सम्बोधनको निम्ती नेपाल सरकार गम्भिर हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘जीवनको उत्तरार्धमा रहेका हजारौं गोर्खा सैनिकहरु न्यायको बाटो हेरेर बसेका छन्, अन्यायले छटपटिएका ती बुवाआमाहरुको अनुहारमा चाडै खुसी आउनेमा हामी आशावादी छौं ।’

parliament with gesho 6



सभापति राईले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, बेलायतस्थित नेपाली राजदूत डा.दुर्गाबहादुर क्षेत्रीको पहलले आफूहरु उत्साही भएको बताए । तर, तोकिएकै समयमा वार्ता समिति नबन्दा गोर्खाहरु अलि शंशिकत भएको उनको भनाई छ । तत्काल वार्ता समिति बनाएर गोर्खाहरुको समस्या सम्बोधनको निम्ती पहल गर्नुपर्ने उनको भनाई छ । गेसोले नेपालको सडक, सदन हुदै बेलायतको सडक, सदन र अदालतसम्म पुगेर गोर्खाहरुको लागि लडेको संस्मरण गर्दै बाँकी माग पुरा गराउन लागिरहेको बताए ।



सभापति राईले गोर्खा भर्ती नेपाली युवाहरुको रहर नभएर तात्कालिन शासकको नियत भएको बताए । उनले भने, ‘सरकारले उर्दी नै जारी गरेर जबरजस्ती गोरखा भर्तीमा पठाएको हाम्रो त्यो इतिहास सर्बथा बिर्सनलायक इतिहास हो । यो हाम्रो लागि पीडादायी इतिहास हो । कसैले भर्ती हाम्रो रहर र अवसर हो भन्छ भने त्यो इतिहासप्रतिको अल्पज्ञान हो ।’

parliament with gesho 8



संयुक्त सत्याग्रह सङर्ष समितिका संयोजक कृष्णबहादुर राईले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती सरकार गम्भिर हुनुपर्ने बताए । प्राबिधिक समितिले प्रतिवेदन तयार पार्नुु उपलब्धी भएको बताउदै उनले त्यो अनुसार सम्बोधनका निम्ती सरकारले पहल गर्नुपर्ने बताए । न्याय पाउनेमा आफूहरु आशावादी भएको उनको भनाई छ ।


पूर्वमहान्याधिवक्ता डा युवराज सङ्ग्रौलाले ब्रिटिस गोर्खा सैनिकले भोग्दै आएका समस्याका बारेमा अवगत गराउँदै न्यायका लागि समिति र सरकारका तर्फबाट पहल गर्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७