गोरखा सैनिकका छोरा गृहमन्त्री 


१४ फाल्गुन २०७४, सोमबार
Ram bahadur thapa badal gurkhas son

काठमाडौं, १४ फागुन ।  नेकपा (माओवादी केन्द्र)को वरिष्ठ नेता तथा पूर्व रक्षामन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ वामगठवन्धनको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका छन् । प्रधानमन्त्री ओलीले विहिबार विस्तार गरेको मन्त्रीपरिषदमा उनी माओवादी केन्द्रको नेतृत्व गर्दे सरकारमा गएका हुन् ।

Rambahadur Thapa Badal

‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । ‘बादल’ अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए ।

गृहमन्त्री बनेको रामबहादुर थापाको गोर्खा सैनिकका छोरा हुन् । २०१२ साल बैशाख १९ गते गुल्मीमा जन्मेका उनका पीता कर्णबहादुर थापा भारतीय गोर्खा सैनिक हुन् ।  बादलका पीता कर्णबहादुर थापा इण्डियन आर्मीको लेफ्टिनेन्ट कर्णेलबाट अवकाशप्राप्त व्यक्ति हुन् । बादलका पीताले भारत सरकारको राम्रो सेवा गरेका छन् । सन् १९६२ मा चीन र भारतवीच युद्ध हुँदा बादलका पिता कर्णबहादुर थापा करिब ६ महिना युद्धवन्दी बनेका थिए । त्यहाँबाट छुटेपछि उनी देहरादून सरुवा भए । र, पछि हैदरावादबाट रिटायर्ड भए । कर्णबहादुरले भारत र पाकिस्तानवीचको लडाइँमा पनि सहभागी भएर भारतको सेवा गरे ।

पीता कर्णबहादुर थापा र माता नन्दकुमारीका १४ सन्तानमध्ये बादल जेठा हुन् । बादलले आफ्नो वाल्यकालीन शिक्षा पनि भारतबाट लिएका हुन् । परिवारका जेठा छोरा रामबहादुर थापा चाहिँ पढाइमा निकै तेज थिए । उनले ०३१ सालको एसएलसी पास गरे । भारतीय सेनामा पिताको जागिरका कारण बादलले प्रारम्भिक शिक्षा भारतमा लिए ।

बादलले सिलङका कक्षा १ अध्ययन गरे भने ४ कक्षासम्म देहरादूनमा र त्यसपछि कक्षा ८ सम्म हैदरावादमा पढे । पढाईकै क्रम पिताजीले पेन्सन पकाएपछि उनीहरुको परिवार चितवनमा बसोबास गर्न थाल्यो । र, बादलले चितवनबाटै एसएलसी उत्तीर्ण गरे । एसएलसी पास गरेपछि बादल छात्रवृत्तिको कोटामा चितवनको रामपुर कृषि क्याम्पसमा भर्ना भए । पछि छात्रवृति पाएर फेरी इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए।

उनी बाग्लुङकी शिक्षिका नैनकला थापासँग २०४० सालमा विवाह गरे । बिवाह हुँदा बादल २९ वर्षका थिए भने नैनकला २१ वर्षकी थिइन् । शान्ति प्रक्रियामा आएपछि बादलपत्नी नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन् । उनीहरुको १ छोरा र १ छोरी छन् । नेपालको राजनैतिक इतिहासमा मगर जातिबाट मुलुकको सबैभन्दा ठूलो दलको मुख्य नेतृत्वमा पुग्ने पहिलो मगर नेता हुन् ।

भाईहरु पनि गोर्खा सैनिक
चौध सन्तानमध्ये ७ जनामात्रै जीवित रहेकोमा बादलका माइला भाइ चोपबहादुर र साहिँला भाइ पनि इण्डियन आर्मी हुन् । माइला भारतीय सेनाको मेजरसम्म भए भने साहिँला चाहिँ वीचैमा जागिर छाडेर हङकङमा सेक्युरिटी गार्ड गर्न गए ।कान्छा इन्द्रबहादुर थापा भारतीय सेनामा लागेनन् । उनले चितवनमै मास्टरी पेसा संलग्न भए ।

प्रचण्डसँग भेटपछि राजनीतिमा

Ram Bahadur Thapa Badal
नव नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल) मन्त्रालयमा पदवहाली ग्रहण गर्दै । तस्बिर ः नवीन पौडेल, रासस

एसएलसी पास गरेपछि बादल छात्रवृत्तिको कोटामा चितवनको रामपुर कृषि क्याम्पसमा भर्ना भए । त्यही कलेजमा बादल र प्रचण्डवीच भेट भयो । रामपुर कलेजमा भेट भएपछि वादल पनि प्रचण्डसँगै राजनीतिमा लागे ।
सुरुमा मार्क्सवादी अध्ययन समूह बनाएका उनीहरुले अमिक शेरचनका हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिए । बादलले ०४२ सालमा प्रचण्डको प्रस्तावमा अमिक शेरचनबाट सदस्यता लिएका हुन् ।

माओवादीमा सैन्य कौशलका सबैभन्दा प्रख्यात व्यक्तित्व चिनिएका उनी इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएको थियो। नेपालबाट आइएस्सी एजी गरेर गएका थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर आए । लगत्तै भूमिगत राजनीतिमा होमिए । ०३७ देखि राजनीतिमा होमिएका थापा त्यसपछि लगातार ०६३ साल सम्म भूमिगत राजनैतिक जीवन बिताए ।

माओवादी सरकार वार्ता टोलीको सदस्यको रूपमा दोस्रो वार्तामा उनी सार्वजनिक भएको थिए । त्यसबेला वादल नै सबैभन्दा आकर्षण केन्द्र बनेका थिए ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव बहिस्कारमा लागेका बादल पक्राउ परे । भरतपुर र वीरगञ्जको जेलमा ९ र १० महिना बसेपछि उनी छुटे ।

निर्मल लामा र मोहनविक्रमहरुसँग पार्टी फुटिसकेपछि बनेको नेकपा (मशाल) नामको चोइटोमा बादल आवद्ध भए । र, उनी ०४२ सालमा मशालको केन्द्रीय सदस्य बने । सुरुमा बादललाई राप्ती अञ्चलको जिम्मेवारी दिइएको थियो । ०४४ सालमा उनी वाग्मतीको इञ्चार्ज बने । ०४३ सालको सेक्टर काण्डमा मुछिएका देव गुरुङलाई वाग्मतीबाट गण्डकी पठाइयो । १० वर्षपछि ०५२ सालमा जनयुद्धमा प्रचण्डसँगै वादल पनि होमिए ।

उनी राजनीतिमा प्रवेश गरेको केही समयपछि नै पार्टीको केन्द्रमा आए । उनले जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समय बस्नुका साथै जनयुद्ध थालनीका समयमा नेतृत्व समेत लिए ।

उनले रोल्पा रुकुम मात्र होइन पूर्वी नेपाल, पश्चिम नेपाल वा जहाँ पनि वादल कार्यकर्तामाझ सबैभन्दा लोकप्रिय थिए । कार्यकर्ताका अनुसार उनी कार्यकर्तालाई प्रशिक्षण कौशल र भाषणमा पनि पहिलो रोजाइमा परे । जनयुद्ध थालनी गर्दा मनाङबाट बन्दूक लिनेदेखि जनयुद्ध थालनीको पहिलो होलेरी रेडमा समेत उनले प्रशिक्षण दिएर पठाएको थिए ।

उनी एक मात्र नेता हुन् जो पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुनः पोलिटब्युरोमा पुगे । पार्टीको कारवाही भोगिसकेपछि वादल पार्टीमा निरन्तर अघि बढे । शान्ति प्रक्रियामा आएपछि उनी पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा रक्षामन्त्री बने ।

त्यसपछि  रामबहादुर थापा वादल पार्टी फुटाएर मोहन वैद्यतिर लागे । र, वैद्य समूहको महासचिव बने । वैद्य समूहबाट  केही सहयोगीहरु लिएर फेरि प्रचण्डको पार्टीमै माअाेवादी केन्द्रमा फर्किए । र प्रदेश नं ३ बाट राष्ट्रियसभा सदस्य बनेका उनी अहिले गृहमन्त्री बनेका छन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७