दसपुत्र गल्लीमा पुष्पलाल


याे पनि पढ्नुहाेस् :- पुष्पलालका मीत मणिराज उपाध्यायको नजरमा पुष्पलाल {अन्तर्वार्ता} पुष्पलालले राजा महेन्द्रलाई भेट्न मान्नुभएन आजको सन्दर्भमा पुष्पलालका विचार
पृथ्वीनारायण शाहका नाति रणबहादुर शाहले आफ्नी कान्छी महारानी ललितत्रिपुरा सुन्दरीको नामलाई चिर कालसम्म सम्झना गराउने उद्देश्यले बनारसको भगिरथी किनारमा ललिता घाट र त्यसको निकटमा नेपाली वास्तुकलामा आधारित ‘सम्राटेश्वर’ महादेवको मन्दिर निर्माण गरे । पछिल्लो कालमा आएर नेपालीहरूको बाक्लो बसोबास क्षेत्र मङ्गलागौरीमा जगन्नाथ गुरागाईंले नेपाली धर्मशालाको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । उनको यस भूमिकाले निरन्तरता लिँदै गयो । नेपाली संस्कृत महाविद्यालय, नेपाली छात्रावास, जगदम्बा नेपाली धर्मशाला आदि यसका पछिल्ला उदाहरणहरू हुन् । यी सबैको संरक्षण र व्यवस्थापनका लागि नेपाली विद्याधर्म प्रचारिणी समितिको स्थापना भयो । यसको स्थापना र सञ्चालनमा कृष्णप्रसाद ढुङ्गानाको विशेष योगदान रहेको छ । अहिले पनि यसको सुसञ्चालनमा बनारसमा बसोबास गर्ने नेपालीहरूको विशेष योगदान छ । यी सबैले बनारसमा नेपालीहरूको विशेष पहिचान कायम राखेका छन् । [caption id="attachment_68456" align="alignleft" width="193"]