२५ अर्बको एयरबसमा बनेको एभिएसन म्युजियम, आजबाट खुल्दै

२५ अर्बको एयरबसमा बनेको एभिएसन म्युजियम, आजबाट खुल्दै
काठमाडौं: ७१ फागुन २० गते त्रिुभुवन विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त भएको टर्किस एयरलाइन्सको विमानमा बनेको ‘हवाई संग्राहलय’ अाज (आइतबार)बाट खुला हुने भएको छ । बेद उप्रेती ट्रष्टले काठमाडौंको सिनामंगलमा यस्तो हवाइ संग्राहलय बनाएर सञ्चालनमा ल्याउन लागेका हुन् । दुर्घटनामा परेको त्यही जहाजलाई लिएर क्याप्टेन बेद उप्रेती ट्रस्टले म्युजियम स्थापना गरेको हो। म्युजियम नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा स्थापना भएको हो। आठ हजार वर्गमिटरमा फैलिएको छ । धनगढीमा विमान संग्राहलय सञ्चालन गरिरहेको वेद उप्रेती ट्रष्टले...

कात्तिक ५ देखि ठमेलमा सवारीलाई प्रतिबन्ध

कात्तिक ५ देखि ठमेलमा सवारीलाई प्रतिबन्ध
काठमाडौँ, ३१ असोज (रासस)– प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई...

मदिरा उद्योगी र राजस्वका कर्मचारी मिलेर यसरी छल्दैछन् करोडौं राजस्व

मदिरा उद्योगी र राजस्वका कर्मचारी मिलेर यसरी छल्दैछन् करोडौं राजस्व
काठमाडौं, असोज २९ गते :  भारतबाट अन्तशुल्कका नक्कली स्टीकर छपाई ल्याएर नेपालका मदिरा उद्योगहरूले राजस्व छली गर्दैआएको खुलासा भएको छ । २०७४ भदौ १७ गते बीरगंज भन्सार कार्यालयका जाँचकीले भारतबाट आएको एक ट्रक चेक जाँच गर्ने क्रममा मदिरामा टाँस्ने अन्तशुल्कका नक्कली स्टीकर फेला परेको थियो । भन्सारमा यसरी एक ट्रक स्टीकर पक्राउ परेपछि नेपालका मदिरा उद्योगहरूले नक्कली अन्तशुल्क स्टीकर प्रयोग गर्दै आएको कुरालाई पुष्टी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...

यो वर्ष दश लाख पर्यटक नेपाल आउने

यो वर्ष दश लाख पर्यटक नेपाल आउने
काठमाडौं, १० असोज : पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य...

सफल उद्यमी कल्पना योङहाङ

सफल उद्यमी कल्पना योङहाङ
काठमाडौँ : करिब नौ वर्ष अगाडि एक महिला उद्यमीले काठमाडौँको उत्तरी भेग गोकर्णबाट करिब र १५ हजारबाट सुरु गरेका सानो व्यवसायले अहिले करिब तीन करोडको पुँजी विस्तार गरेको छ । वैदेशिक रोजगारीमा गएर जस्तो पनि दुःख कष्ट गर्न पछिनपर्ने कामदारका लागि स्वदेशमै केही गर्न सकिन्छ भनी प्रेरणाको स्रोत बनेकी छिन्, सफल उद्यमी कल्पना योङहाङ (लिम्बू) । विसं २०६४ मा त्यही १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गरेकी...

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा
म्याग्दी, माघ १० : सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ। समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो। सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । पुरानो इतिहास...

सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए

सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए
काठमाडौ : काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि सम्पन्न हस्पिटलको साधारण सभाले करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री गरेपनि उक्त रकम नतिरेर उल्टै हस्पिटल बन्द गराएका हुन । तत्कालिन अध्यक्ष केदारप्रसाद प्रजापतिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि आठ करोड रुपैयाँमा बैंक, फाइनान्स र सहकारीको ऋण तिर्ने सम्झौता अनुसार माथेमा र बुर्लाकोटीलाई सेयर बिक्री गरेपनि उक्त...

गोरखा बन्यो विद्युत्भार कटौतीमुक्त

गोरखा बन्यो विद्युत्भार कटौतीमुक्त
गोरखा: ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् । मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो । जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब...