सहायकस्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी, यसरी पत्ता लाग्यो ठगी

सहायकस्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी, यसरी पत्ता लाग्यो ठगी
काठमाडौं: कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्। विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो।  बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको...

आचारसहिंता उल्लङघन नगरेको एमालेको दाबी

आचारसहिंता उल्लङघन नगरेको एमालेको दाबी
काठमाडौं: नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले तोकेको आचारसहिंताभित्रै रही आफूले निर्वाचन प्रचारप्रसार गरिरहेको जनाएको छ । एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसहिंताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रूपमा लिनुपर्ने हुन्छ’ विज्ञप्तिमा उल्लेख छ । एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्बिरसहितको कुनै पनि प्रचार...

आठ जना घाइते हुने गरि देउवाले सम्बोधन गरिहेको सभास्थलमा बम विस्फोट भएपछि…

आठ जना घाइते हुने गरि देउवाले सम्बोधन गरिहेको सभास्थलमा बम विस्फोट भएपछि…
काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिहेको चुनावी सभामा बम विस्फोट भएको छ ।  दाङको तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गरिरहँदा अज्ञात समूहले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । सभा स्थलभन्दा करिब ५ सय मिटर दक्षिणतर्फ गराएको बम बिस्पोटमा ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर १८ का ६ की २३ बर्षीय जेनी वली, शान्तिनगर गाउँपालिका २ का ५० वर्षीय हिमलाल राम्जाली, बबई गाउँपालिका ६ का ३६ वर्षीय...

चाबहिल र नयाँ बानेश्वर चोकमा कामपाले आकाशे पुल निर्माण गर्ने

चाबहिल र नयाँ बानेश्वर चोकमा कामपाले आकाशे पुल निर्माण गर्ने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै...

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट
झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमाबम विष्फोट भएको छ ।   शनिबार बिहान करिब ४ बजे दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।  मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ...

 प्रकाश दाहाल प्रतिकाे श्रद्धासुमनले भरियो वाम गठबन्धनको चुनावी सभा

 प्रकाश दाहाल प्रतिकाे श्रद्धासुमनले भरियो वाम गठबन्धनको चुनावी सभा
केराबारी : निकै उत्साहका साथ आइतबार वामपन्थी दलका शीर्ष नेताहरूले एउटै मंञ्चबाट भाषण गरेको हेर्न नेताहरू  लालयित थिए । चुनावी प्रचार प्रसारको देश दौडाहामा रहेका केपी ओली र प्रचण्डद्धारा आइवतार मोरङको विराटचोकमा आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।  झन्डै ५० वर्षपछि कम्युनिष्टहरु एक भएको खुसी सँगै गाली र आलोचनाले भरिने विगतको भन्दा अलि फरक थियो चुनावी सभा । दुवै शीर्ष...

उम्मेदवारको सुरक्षाका लागि सेना परिचालन भएको होइनः प्रधानसेनापति

उम्मेदवारको सुरक्षाका लागि सेना परिचालन भएको होइनः प्रधानसेनापति
काठमाडौं  : प्रधानसेनापति राजेन्द्र क्षत्रीले उम्मेदवारको सुरक्षाका लागि नेपाली सेना परिचालन नभएको बताएका छन्।   रक्षा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षेत्रीले उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट पारे। उनले भने,‘आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ’– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना...

निर्वाचन विरोधी गतिविधिमा संलग्न अाराेपमा विप्लबकाे ११ कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न अाराेपमा विप्लबकाे ११ कार्यकर्ता  पक्राउ
पाँचथर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले केही दिनयता ११ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई तथा एलिया नेम्वाङ रहेका छन् । त्यस्तै, सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुईजनालाई पनि नियन्त्रणमा...

तीन साहित्यकार गिरफ्तार

तीन साहित्यकार गिरफ्तार
काठमाडौँ : प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।  प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन् । थपलियासँगै...

एसियाकप क्रिकेटः अफगानिस्तानसँग टस हारेर नेपाल ब्याटिङमा( live)

एसियाकप क्रिकेटः अफगानिस्तानसँग टस हारेर नेपाल ब्याटिङमा( live)
काठमाडौं:  यू-१९० एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल र अफगानिस्तानबीच खेल सुरु भएको छ । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा खेल नेपाली समयअनुसार बिहान ७स्१५ बजेदेखि खेल सुरु सुरु भएको हो । समूह चरणमा पहिलो पटक भारतलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्ने पक्का छ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।...