चौधरी ग्रुपको चाउचाउ गुणस्तरहित, महानगरले तिरायो दुई लाख जरिवाना


१४ बैशाख २०८१, शुक्रबार
wai wai
तस्वीर : सामाजिक सञ्जालबाट

काठमाडौँ । गुणस्तरहीन चाउचाउ भेटिएपछि काठमाडाँै महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । सात दिनभित्र जरिवाना बुझाउन महानगरले निर्देशन दिएको हो ।

गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो ।

काठमाडौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो । गएको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७