महाकाली नदीमा बगेका वृद्धको मृत्यु
दार्चुला । महाकाली नदीमा बगेका वृद्धको मृत्यु भएको छ । दार्चुला खलंगा बजार नजिक महाकाली नदीमा बगिरहेका ७० वर्षीय वीरसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–२ पनौडा घर भएका बडाललाई स्थानीयले महाकाली नदीमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अचेत अवस्थामा सुरक्षाकर्मीहरूले उद्धार गरी वृद्वलाई जिल्ला अस्पताल पु¥याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । वृद्ध कसरी महाकालीमा बगे भन्ने खुलेको छैन ।