मेसीको ७००औं गोल, पीएसजीको सहज जित
काठमाडौं । लियोनल मेसीले आफ्नो खेल जीवनको सात सयौं क्लब गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रान्सेली लिग वानमा मार्सेलाई ३–० ले सहजै पराजित गरेको छ । आफ्नो प्रमुख प्रतिद्वन्द्वीमाथि प्राप्त यस जितपछि पीएसजीले शीर्षमा आठ अंकको अग्रता लिएको छ ।
शीर्षमा पीएसजीको ६० अंक छ भने मार्से ५२ अंकमा दोस्रो स्थानमा छ । अर्जेन्टिनी कप्तान मेसीले २९ औं मिनेटमा गोल गर्दै कोसेढुंगा उपलब्धि आत्मसात गरे ।
अर्को दुई गोल केयलिन एमबापेले गरे । मेसी युरोपका ठूला पाँच लिगमा सात सय गोल गर्ने दोस्रो खेलाडी भएका हुन् । त्यस अगाडि क्रिस्टियानो रोनाल्डो यो उपलब्धि छोएका थिए । एमबापेले पनि पीएसजीका लागि गरेको गोल संख्या दुई सय पुगेको छ ।