साहरुखको ‘पठान’ ले भारतमा कमायो ५२६ करोड
मुम्बइ । हिन्दी कथानक चलचित्र ‘पठान ’ले भारतमा मात्रै ५२६ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । हिन्दी भर्सनसहित तेलगु र तमिल भाषामा गरेर घरेलु बक्सअफिसमा ‘पठान’ ले ५२६ करोड ५८ लाख कलेक्सन गरेको ट्रेड एनालिसिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।
यो चलचित्रले प्रदर्शनको २८औं दिनमा ५ सय करोडको आँकडा पार गरेको थियो । हिन्दीमा ५५ करोडको ओपनिङ गरेको चलचित्रले पाँच दिनसम्म लगातार ५० करोड माथिको कलेक्सन गरेको थियो ।
२२५ करोडमा बनेको ‘पठान’ मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडियालगायत कलाकारको अभिनय छ ।