भालुको आक्रमणबाट मकवानपुरमा एक जना घाइते
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा जंगली जनावर भालुको आक्रमणबाट परेर एक जना घाइते भएका छन् । शनिबार गाउँपालिका ६ पर्तापुर स्थित राष्टिय निकुञ्ज बफरजोनको क्षेत्रमा भालुको आक्रमणबाट स्थानीय ४३ वर्षीय बलबहादुर राई घाइते भएका हुन् । गाउँका गाई भैसीहरुलाई जंगलमा चराउन पठाइएकोमा फर्केर नआएपछि खोज्न गएका राईलाई भालुले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
बलबहादुरसँगै गएका ३५ वर्षीए जय राईलाई भने भालुले आक्रमण नगरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । भालुको आक्रमणमा परेका बलबहादुरको टाउको र हातमा चोट लागेको छ । उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।