सारङ्गीको तारले मेरो मनको गीत गाउँछ …
गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा सुरु गरेको सारङ्गी प्रशिक्षणमा सहभागीहरु । झलकमान गन्र्धव सारङ्गी पाठशालासँगको सहकार्यमा २५ जनालाई सारङ्गी प्रशिक्षण सुरु गरिएको हो । विगतमा गन्धर्व जातिले बजाउने गरेको सारङ्गी अहिले सबैको लोकप्रिय बाजा बनेको छ । अहिले युवापुस्ताले समेत सारङ्गी बजाउन सिकेका छन् । सारङ्गीबाट धेरै कलाकारले नाम रा दाम दुबै आर्जन गरिरहेका छन् । तस्वीर : जमुनावर्षा शर्मा / रासस