युक्रेनको अस्पतालमा रुसको आक्रमण, तीन जनाको मृत्यु
कीएभ । पूर्वी युक्रेनको डिनिप्रो सहरको एक अस्पतालमा मिसाइल आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय गभर्नरले बीबीसीलाई जानकारी गराएका छन् । गभर्नर शेरिल लिस्काले घाइतेमध्ये दुई र ६ वर्षका दुई बालबालिका रहेको बताए । पछिल्लो हप्ता युक्रेन विरुद्ध रुसको आक्रामकता बढेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भवनबाट धुवाँ निस्किएको देखाइएको क्षतिग्रस्त अस्पतालको भिडिओ पोस्ट गरेका छन् । उनले भने, ‘रुसी आतंकवादीहरूले फेरि एक पटक प्रमाणित गरे कि तिनीहरू मानवता विरोधी छन् । उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ । युक्रेनले गएरातिदेखि हालसम्म १७ रुसी मिसाइल र ३१ ड्रोन खसालेको जनाएको छ ।