नेपालले लियो भारतको तेस्रो विकेट
काठमाडौं । विश्वकप यू–१९ अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । नेपालले तेस्रो विकेटको रुपमा भारतका शीर्षक्रमका ब्याटर प्रयुश्न मोलियालाई रन आउट गराएको हो । नेपालले अरशिन कुलकर्नीलाई बोल्ड आउट गरेको हो ।
नेपालका आकाश चन्दले उनलाई बोल्ड गरेका छन् । नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका थिए । उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका थिए । भारतले अहिले १४ ओभरको समाप्तिमा भारत ६२ रन बनाएर खेलिरहेको छ ।
यू–१९ को सुपर सिक्समा पुगेको नेपाल आफ्नो अन्तिम खेल खेल्दैछ । समूह चरणमा एउटा मात्रै खेल जितेको नेपाल अंकविहीन छ । सुपर सिक्समा पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । भारत भने ६ अंकसहित शीर्ष स्थानमा छ ।