डोर्टमण्डमाथि एटलेटिको म्याड्रिड २–१ ले विजयी
काठमाडौं । एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टर फाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले डोर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एटलेटिको म्याड्रिडको जितमा रोड्रीगो पाउल र सामुएल लिनोले एक–एक गोल गरेका थिए भने डोर्टमण्डका लागि सेबास्टिएन हल्लेरले एक गोल गरेका थिए । यो जितपछि एटलेटिको म्याड्रिडले पहिलो लिगमा २–१ को अग्रता हासिल गरेको छ । अब क्वार्टर फाइनलको दोस्रो लिग अप्रिल १७ मा डोर्टमण्डको घरेलु मैदानमा हुनेछ ।