पोर्चुगलको समुद्रमा बेपत्ता धादिङका टेकबहादुर मृत भेटिए
काठमाडौँ । झण्डै दुई साताअघि पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो ।
उनको शव समुद्री किनारमा भेटिएको जनाइएको छ । उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा पसेका धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको भने त्यही बेला मृत्यु भएको थियो ।