सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी, एमालेको समर्थन
कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन् ।
यसअघि गत आइतबार नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । उनीहरुको दाबीमा बहुमत नपुगेको भन्दै प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।