होटल रिसोर्टको दर्ता प्रदेशबाटै


१७ पुष २०७५, मंगलवार
risod

काठमाडौं, पुस १७ । प्रदेशस्तरमा संचालन हुने होटल रिसोर्ट तथा लजको दर्ता नविकरण प्रदेश सरकारको संयन्त्रबाट हुने भएको छ।

risod

सरकारले पर्यटन ऐन २०३५ मा संसोधन प्रस्ताव गर्दै पर्यटक स्तरीय होटल, रिसोर्ट, लज, रेष्ट्ुरेन्टको दर्ता नविकरण गर्नसक्ने छ।

संघीय सरकारले राजपत्रमा सुचना प्रकाशित गरेर तोकिएका वर्गिकरणअनुसार यसरी दर्ता तथा नविकरण प्रदेश सरकारबाटै हुने प्रस्ताव गरिएको छ।

प्रदेश सरकारले आफूले दर्ता तथा नविकरण गरेका होटल तथा रिसोर्टको नविकरण पनि आफै गर्नसक्ने छ।

केही नेपाल ऐन संसोधन मार्फत् संसदमा दर्ता भएको उक्त ऐनअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सीको इजाजत अनुमति तथा नविकरण पनि प्रदेश सरकारले गर्न पाउने भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७