ट्रेड युनियनमा खलपात्रको उदयः कांग्रेसनिकट कर्मचारी नेताबीच नै हात हालाहाल


१९ पुष २०७५, बिहीबार
subod devkota and gopal pokharel

काठमाडौं, १९ पुस । आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटाको कार्यशैलीका कारण कर्मचारी समायोजन अध्यादेशमा सहमति हुन बिलम्ब भएको छ ।

उनीमाथि धेरैजसो समय नुवाकोटमा बस्ने, आधिकारिक ट्रेड युनियनलाई समय नदिने गरेको आरोप छ । महासचिव देवकोटा आन्दोलनमा पनि नआएको र विज्ञप्ति निकाल्न पनि उनकै कारण बिलम्ब भएको आधिकारिक ट्रेड युनियन सम्बन्द्ध एक नेताले बताएका छन् ।

subod devkota and gopal pokharel
गोपालप्रसाद पोखरेल र सुबोधकुमार देवकोटा

उनी नआएका कारण बिहीबार सरकार र आधिकारिक ट्रेड युनियनबीच हुने भनिएको सहमति हुन सकेन । बैठक र छलफलमा आउन नभ्याउने उनका कारण आधिकारिक ट्रेड युनियन अनिर्णयको बन्दी बनिरहेको छ । महासचिव देवकोटा गल्छी–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख हुन् ।

उनी प्रायः नुवाकोटमै बस्नुपर्ने भएकाले आधिकारिक ट्रेड युनियनका वार्ता र छलफलमा आउन भ्याउँदैनन् । र, कार्यालय प्रमुख र महासचिवमध्ये एक पद छाड्न उनलाई नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले पटक पटक भन्दैआए पनि उनले दुवै पद ओगटेर बसेका छन् ।

बिहीबार उनी नुवाकोट गएका कारण सरकार र आधिकारिक ट्रेड युनियनबीच सहमति हुन नसकेको सामान्य प्रशासन मन्त्रालयका अधिकारी बताउँछन् ।

उनका कारण आधिकारिक ट्रेड युनियन अनिर्णयको बन्दी बनेपछि निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले उनलाई कार्यालय प्रमुख भएकाले आधिकारिक ट्रेड युनियन छाड्न अनुरोध गरेपछि बुधबार उनी आक्रोसित भए । र, त्यहाँ देवकोटा र पोखरेलबीच विवाद बढ्दै जाँदा झन्डै हात हालाहालको स्थिति सृजना भएको एक प्रत्यक्षदर्शीले नयाँपेजलाई बताएका छन् ।

आधिकारिक ट्रेड युनियनको कार्यालयमा पोखरेल र देवकोटाबीच कर्मचारी आन्दोलन गर्ने कि नगर्ने भन्ने बिषयमा समेत विवाद भएको थियो । पोखरेल समायोजन अन्यायपूर्ण भएकाले कर्मचारीको भावनाअनुसार आन्दोलन गर्नुपर्ने पक्षमा छन् भने देवकोटा भने त्यसको विपक्षमा छन् । देवकोटा प्रदेश वा संघमा जानु नपर्ने भएपछि आन्दोलनको विपक्षमा रहेका छन् ।

देवकोटा निजामती सेवा ऐन विपरीत ४ अर्बको उक्त सडकमा कामु आयोजना प्रमुख छन् । ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारी कार्यालय प्रमुख हुन ऐन अनुसार पाउँदैन । तर उनी ४ बर्षदेखि कार्यालय प्रमुखका रुपमा सडक आयोजनामा ठेकेदारसँग पीसी खानै ब्यस्त छन् । र, ट्रेड युनियनको महासचिव पद पनि ओगटेर बसेका छन् ।

उनकै कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईको सयोजकत्वको समितिमा पनि देवकोटा जाँदै नजान, गइहाले कहिल्यै समयमा नजाने गरेको आरोप छ । यसअघि आधिकारिक ट्रेड युनियनले पेश गरेका ४५ बुँदे मागका बिषयमा गठन भएको कार्यदलले बोलाएको छलफलमा पनि उनी एकपटक पनि नगएपछि ट्रेड युनियन नेता हैरान छन् ।

सुबोध देवकोटा पटक पटक बैठकमा नआएका कारण कर्मचारी समायोजनका बिषयमा आधिकारिक ट्रेड युनियन निष्कर्षमा पुग्न नसकेपछि नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले उनलाई ब्यंग्यस्वरुप फोटो छाड्न भन्न बाध्य भएका थिए । उनले सुबोध देवकोटाका पटक पटक अनिर्णयको बन्दी बन्नुपरेको प्रसंग निकाल्दै आधिकारिक ट्रेड युनियन बैठकमै फोटोको कुरा उठाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७