तपश्वी बमजनमाथि सिआइबीले थाल्याे अनुसन्धान, बमजन आश्रमको खानतलासी


२० पुष २०७५, शुक्रबार
bomjan 1

काठमाडौं, २० पुस । पछिल्लो समय चार आनी वेपत्ता बनाएको आरोपपछि विवादमा तानिएका तपश्वी रामबहादुर बमजनमाथि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) ले अनुसन्धान थालेको छ ।

bomjan 1

आफूलाई ‘लिटिल बुद्ध’ दावी गर्दै आएका बमजनमाथि आनीहरुलाई वेपत्ता बनाएको, बलात्कारका काण्ड मच्चाएको आरोप लगाउँदै प्रहरीमा उजुरी नै परेपछि सिआइबीको टोली बमजनको सिन्धुपाल्चोकस्थित आश्रममै पुगेर अनुसन्धान थालेको हो । सिआइबीको टोलीले आरोपितहरुको सूचनालाई आधार मानेर आश्रमस्थलको खानतलासी समेत गर्ने तयारी गरिरहेको छ ।

सिआइबीका डिआइजी निरज शाहीले सिआइबीको टोली सिन्धुपाल्चोक गइसकेको र अहिलेसम्म त्योभन्दा बढी जानकारी आइनसकेको बताएका छन् । उनले भने, ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं ।’

तपश्वी बमजनविरुद्ध पछिल्लो समय तीन आनीलाई आश्रमबाटै वेपत्ता बनाएको भन्दै बारा र मकवानपुरमा उजुरी परेको छ । बमजनमाथि लागेका आरोप सार्वजनिक भएसँगै सम्बन्धित प्रहरी कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दिइसकेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

बमजन अहिले सिन्धुलीको आश्रममा रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चौबीसै घण्टामा निगरानीमा राखेको जनाइएको छ । पुस १३ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै वेपत्ता बनाइएका भनिएका आनीका परिवारले बमजनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजी गर्न माग गरेका थिए । बमजनको आश्रमबाट चार जना बेपत्ता भएको पीडित परिवारले बताएका छन् ।

नुवाकोट म्यगङ गाउँपालिका–३, देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको पीडितहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनी शुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको भन्दै उनकी दिदी गंगामायाले उजुरी समेत दिएकी छिन् । बाराको हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भन्ने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको परिवारले बताएका छन् ।

बमजनपीडित परिवार सबैले आश्रममा गएका आफन्तलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन् । पछिल्लो समय तपश्वी बम्जनका गलत गतिविधिहरुको समाचार विभिन्न सञ्चार माध्यममा बाक्लै रुपमा आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७