प्रधानन्यायाधीश राणाबाटै संविधान मिचेको स्वीकार, बार एशोसिएसनको आपत्ति


२० पुष २०७५, शुक्रबार
joshi

काठमाडौं, २० पुस । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आदेशमा शुक्रबार अदालतमा प्रवेश गर्नबाट रोकिएको छ । प्रहरी प्रशासन लगाएर उनलाई अदालतमा प्रवेश गर्नबाट रोकिएको छ ।

joshi
दीपकराज जोशी र चोलेन्द्रशमशेर राणा


बरिष्ठतम न्यायाधीशलाई प्रहरी परिचालन गरी अदालत प्रवेश रोकिएको घटनापछि नेपाल बार एशोसिएसनको प्रतिनिधिमण्डलले प्रधानन्यायाधीश राणालाई भेटेर यसको विरोध गरेको छ । र, प्रधानन्यायाधीशबाटै संविधानविरुद्ध क्रियाकलाप गरेकोमा चिन्ता प्रकट गरेको छ । संविधानको परिपालनामा जोड दिएको छ । बारको प्रतिनिधिमण्डलले प्रधानन्यायाधीश राणालाई बिहीबार चेम्बर नै खाली गर्ने काम गैरसंवैधानिक हो भने आज प्रहरी लगाएर रोक्ने काम गैरकानुनी हो भन्दैश संविधान अनुसार गर्न सुझाएको थियो । बारको टोलीले संविधानले प्रधानन्यायाधीशलाई यस्तो अधिकार नदिएकोबारेमा ध्यानाकर्षण गराएको थियो ।
न्यायाधीश जोशीलाई सर्वोच्चबाट हटाउने संबैधानिक बाटो अवलम्बन गर्नुपर्ने कुरा बारको टोलीले राखेको थियो । बारको टोलीलाई प्रधानन्यायाधीश राणाले भनेका थिए–‘हो मैले संविधान मिचेर काम गरेको छु, मेरो काम गैरकानुनी छ, म स्वीकार गर्छु । न्यायालयको छवि उचो राख्न र देश जनताको अनुहार हेरेर म यो निर्णय गर्न बाध्य भएको हुँ । मेरो बाध्यता तपाईहरु स्वीकार गरिदिनुप¥यो । तपाईहरुले मौखिक भन्न आउनुभयो, लिखित रुपमा आउनुभयो भने विचार गरौंला भनेका थिए ।
नेपाल बारले लिखित रुपमै संविधान विपरीत न्यायाधीश जोशीलाई गरिएको ब्यवहारको बिरोधमा निर्णय गर्न लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७