एभरेष्ट बैंकको बानेश्वर शाखा अपाङ्ग मैत्री


२४ पुष २०७५, मंगलवार

काठमाडौं,पुस २४ । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उद्घाटन गरेकोे छ ।

बानेश्वरको अपाङ्ग मैत्री एवं ई–लबी शाखाको उदद्घाटन बैंकका अध्यक्ष बि।के श्रेष्ठले गरे । बैंकले शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण गरेको छ ।

त्यस्तै ई–लबी आधुनिक बैंकिङ सुविधाहरु डेबिट कार्ड, उपोभोग्ता भुक्तानी बिल, एटीएम जस्ता सुविधा प्रदान गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७