प्रभु बैंकले ल्यायो ‘मास्टर कार्ड’


२६ पुष २०७५, बिहीबार
1547121499pbl card

काठमाडौं, पुस २६ । प्रभु बैंकले पिबिएल मास्टर कार्ड ल्याएको छ। मास्टर कार्डसँगको सहकार्यमा सुरक्षित डेविट कार्ड ल्याइएको बैंकले जनाएका छ।

ग्राहकलाई डिजिटल कारोबारका लागि मास्टरकार्डले थप सहजता प्रदान गर्ने बैंकको दावी छ। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ग्राहकको कारोबारलाई यसले फराकिलो बनाउँदै लैजाने विश्वास व्यक्त गरे।

१६४ शाखा, ९ एक्स्टेन्सन काउन्टर तथा १२३ एटिएम संचालनमा रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७