आन्तरिक भेलामा सुनिल थापाको दाबी, ‘धनकुटाका जनता किनेरै चुनाव जित्छु’


१५ मंसिर २०७४, शुक्रबार
fireside sunil bahadur thapa

धनकुटा, १६ मंसिर :  दोस्रो संबिधानसभा निर्वाचन हुदै गर्दा धनकुटामा सुनिल थापाको निकै ठुलै क्रेज थियो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको विरासतको जगमा चुनाव लड्न आएका थापाप्रति जनताको अपेक्षा निकै ठुलो थियो । उनले चुनाव जिते । दुई पटक मन्त्री पनि भए । २०७१ सालमा वाणिज्य तथा आपूर्ति मन्त्री बने । हाल उद्योगमन्त्री छन् ।

fireside sunil bahadur thapa

दुई पटक मन्त्री बनेपनि धनकुटाको लागि उनले उलेख्य त गर्न सकेनन् नै, यसअघि उनले निर्वाचनको बेला जनाएको प्रतिबद्धता समेत पुरा गर्न सकेनन् । थापा मन्त्री भएको बेला उनका कार्यकर्ताहरुले धनकुटाको लागि योजना बोकेर जादा समेत उनले वेवास्ता गरे । यसपछि धेरैले अनुमान गरेका थिए, ‘अब उनी धनकुटा फर्केने योजनामा छैनन् ।’ तर, कार्यकर्ताहरुकै अनुमान विपरित उनी प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लड्न धनकुटा आए । हालै सम्पन्न स्थानीय चुनावमा सबै स्थानीय तहका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले ‘क्लिन स्वीप’ गर्दै गर्दा धनकुटा जिल्लामा राप्रपाले वडाध्यक्ष मात्र होइन, सदस्य पनि जित्न सकेन ।

जिल्लाका ३ नगरपालिका सहित सबै सात स्थानीय तह जितेर एमालेले धनकुटा जिल्लामा क्लिन स्वीप गरेको थियो । वडाध्यक्षमा पाएको मत हिसाव गर्दा राप्रपाको ४ हजार ३७८ छ भने एमालेको मत २६ हजार ६२१ । वाम गठबन्धनमा सामेल माओवादीको मत ११ हजार ९०६ छ भने राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेको कांग्रेसको १५ हजार २८८ मत छ । दलको मात्रै बेग्लाबेग्लै हिसाव गर्ने हो भने ४३ सय मत लिएर राप्रपा प्रजातान्त्रिकका मन्त्री सुनील बहादुर थापा २६ हजार मत बोकेका एमाले नेता राजेन्द्र राईसँग भिड्दैछ । गठबन्धनका आधारमा भन्ने हो भने साढे १९ हजार मत र साढे ३८ हजार मत वीच प्रतिस्पर्धा हुँदैछ धनकुटामा ।

यस्तो अवस्थामा पनि थापा धनकुटा चुनाव लड्न आएपछि उनका कार्यकर्ताहरुले थापालाई चुनाव जित्न नसकिने बताएका थिए । राप्रपा प्रजातान्त्रिकका एक जिल्ला नेताका अनुसार थापाले चुनाव जित्न अरुबेला होइन चुनावको बेला काम गरे पुग्ने दाबी प्रस्तुत गरेका थिए । ती नेताका अनुसार राप्रपा प्रजातान्त्रिकको एक कार्यकर्ता भेलामा उनले भनेका थिए,‘चुनाव जित्नलाई सधैं आएर काम गर्ने अथवा बिकास गर्ने होइन । चुनावको बेला पैसा बाढ्ने हो । त्यति गरे पुग्छ ।’ ती नेताका अनुसार जनता किनेरै चुनाव जित्न सकिने उनको एकोहोरो दाबी थियो । उनले भेलामा भनेका थिए,‘यहाँको मान्छेलाई बिकास र समृद्धिको कुरा गर्ने होइन चुनावमा दुईचार पैसाको कुरा गर्ने हो । बरु कहाँ कसरी बाढ्ने त्यो पत्ता लगाउनुहोस् ।’

वामगठबन्धनका नेता भन्छन्, किन्छु भन्नु धनकुटेली जनताको अपमान
यता वामगठबन्धनका नेताहरुले भने सुनिलबहादुर थापासँग कुनै प्रतिस्पर्धा नरहेको दाबी गर्छन् । पैसाले किनेर जित्छु भन्नु सचेत धनकुटेली जनताहरुको अपमान भएको एमाले नेता अर्जुन राई बताउँछन् । राई भन्छन्, ‘चेतनाको हिसाबले धनकुटा प्रदेश नम्बर एकलाई नै उज्यालो देखाउने जिल्ला हो । यहाँका जनताहरुलाई किन्छु भन्नु धनकुटेली जनताहरुको अपमान हो । पैसाले सचेत धनकुटेली जनताहरुको अपमान गर्न सक्ने छैनन् ।’

धनकुटामा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन नेकपा (माओवादी) केन्द्रका नेताहरु पनि सक्रियताको साथ जुटिरहेका छन् । पूर्व सभासद् एंव प्रभावशाली नेता हेमराज भण्डारी वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन फिल्डमै सक्रिय छन् । त्यसो त माओवादी केन्द्रका नेता जिल्ला ईन्चार्ज उज्वल किराती नै चुनाव परिचालनको कमान्डर छन् । धनकुटामा थापाको प्रतिस्पर्धी राजेन्द्र राई छन् । जो नेकपा एमाले धनकुटाका अध्यक्ष हुन् । जसलाई स्थानीय चुनावपछि एमाले केपी शर्मा ओलीले ‘म्यान अफ दि इलेक्सन’को उपाधि दिएका छन् । उनलाई अध्यक्ष ओली सहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेब गौतम, उपमहासचिव बिष्णु पौडेल लगायतले मन्त्री बनाउने आश्वसन समेत दिएका छन् । राई समुदायबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने नेता मध्ये उनी सबैभन्दा सिनियर नेता हुन् । यस कारण पनि उनको मन्त्री बन्ने सम्भावना देखिन्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७