ग्लोबल आइएमई र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता


२४ फाल्गुन २०७५, शुक्रबार
tuglobalimebank

काठमाडौँ ,फागुन २४ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरूसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

tuglobalimebank

उक्त सम्झौता पत्रमा त्रिवि, पनिकाका परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट कीर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरे ।

उक्त सम्झौतापत्र अनुरूप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरू दैनिक रूपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पूर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्नेछ । विद्यार्थीहरूको हकमा बल्खुस्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरूको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७