ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण


१९ चैत्र २०७५, मंगलवार
Photo 3PvYVhLBB0

काठमाडौं,चैत १९ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

कर्जा प्रवाह गर्ने क्रममा बैंकको नुवाकोट स्थित त्रिशुली शाखावाट ६ जना भूकम्प पिडित व्यक्तिहरुलाई कर्जा वितरण गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा। चन्द्र बहादुर श्रेष्ठले भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा वितरण गरेका हुन् ।

कर्जा वितरण कार्यक्रममा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशिल कर्जा वितरण पनि गरेका छन् ।

प्राधिकरणका कार्यकारी सदस्य श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पीडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताएका छन् ।

उनले घर नबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाको कारण घर नबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घर भएर नबनाएको हो भने लाभग्राही सूचिबाट हटाउने बताए ।

ग्लोबल आइएमइ बैंकले भूकम्प पीडितहरुको निम्ति निजी आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको अन्य सहुलियतपूर्ण कर्जा दिंदै आएको जानकारी दिएको छ ।

कर्जा लिनु मात्र उपलब्धी नभइ सहि ठाउँमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सम्बन्धित ग्राहकहरुलाई बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले आग्रह गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७