ग्लोबल आइएमई बैंक र सुमेरु हस्पिटलबीच सम्झौता


२५ चैत्र २०७५, सोमबार
155472628620190408 114137

काठमाडौं,चैत २५ । ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता भएको छ।

सम्झौता अनुसार सुमेरु हस्पिटलमा उपचार गराउँदा ग्लोबल बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन्।

155472628620190408 114137

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले अस्पतालसँग सम्झौता गरेको जनाएको छ। सम्भौतापत्रमा हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र बैंकका कार्ड बिक्री तथा बजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरे।

बैंकका देसभरि १३५ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ एक्सटेन्सन काउण्टर तथा १२६ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७