ग्लोबल आइएमई बैंकद्धारा करुणा फाउण्डेशनलाई व्हील चेयर वितरण


१९ बैशाख २०७६, बिहीबार
photo 001 jFuTGqFnhZ

काठमाडौं,बैशाख १९ । ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउण्डेशन नेपाललाई स्पेशल व्हील चेयर सहित २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ ।

बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउण्डेशन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयरहरु हस्तान्तरण गरेका हुन् ।

करुणा फाउण्डेशन नेपाल वि।स।२०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशिल रहिआएको संस्था हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७