सिभिल बैंकको नयाँ शाखा झापाको भद्रपुरमा


७ श्रावण २०७६, मंगलवार
1560265456Civel

काठमाडौं, ७ साउन । सिभिल बैंकले झापाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ। संचालक प्रकाश तायलले शाखाको उद्घाटन गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको शाखाले थप टेवा पुर्‍याउने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको भन्दै ग्राहकको हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७