आज मौद्रिक नीति आउँदै, प्राथमिकतामा बिग मर्जर


८ श्रावण २०७६, बुधबार
rastra bank

काठमाडौं, ८ साउन । आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीति आज (बुधबार) सार्वजनिक गरिंदैछ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बुधबार दिउँसो ४ बजे नीति सार्वजनिक हुने जानकारी गराएका छन् । अहिले बसिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिइरहेको छ ।

यस पटकको नीतिले ठूला बैंक गाभ्ने अर्थात् ’बिग मर्जर’ लाई विशेष प्राथमिकता दिइने निरौलाले जानकारी दिएका छन् । त्यसको लागि मौद्रिक नीतिमै केही सहुलियतको व्यवस्था हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै उथलपुथल भइरहने ब्याजदर नियन्त्रणको लागि पनि केही विशेष व्यवस्था आउने छ ।

यस्तै नीतिले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने व्यवस्था गर्नेछ । वर्तमान गभर्नर चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हुनेछ । उनले ८ महिनापछि अवकाश पाउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७