साना तथा मझौला उद्यमीले पाउने पुनरकर्जाको ब्याजदर घट्यो


८ श्रावण २०७६, बुधबार
Rastra Bank

काठमाडौं,८ साउन । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्यमका लागि असल कर्जाको धितो सुरक्षणमा प्रदान गर्दै आएको १० लाखसम्मको पुनरकर्जा ब्याजदर घटेको छ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट हालको ५ प्रतिशतको ब्याजदर घटाएर ३ प्रतिशत कायम गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याजदर पनि ७ प्रतिशतमा झारिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७