अब सर्वसाधारणले बैंकमा सुन राखे ब्याज पाइने


८ श्रावण २०७६, बुधबार
bank3

काठमाडौं,८ साउन । अब सर्वसाधारणले बैंकमा सुन राखे ब्याज पाउने भएका छन् । राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिले बैंकमा सुन राखे ब्याज पाउने नीति व्यवस्था गर्न लागेको हो ।

यसको अर्थ अब बैंक तथा वित्तीय संस्थाले सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने नयाँ व्यवस्था आउन लागेको हो । सरकारले चालु आवको बजेटमार्फत सुनलाई निक्षेपको रुपमा स्वीकार गर्ने व्यवस्था गरेको थियो ।


सोही व्यवस्थालाई कार्यान्वयन गर्न अब सर्वसाधारणले लकरमा सुन राखेर पैसा तिर्नु पर्दैन । बैंकहरूले यसको ब्याज समेत दिने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७