प्रभु बैंकले २ अर्बको डिबेन्चर जारी गर्ने, विक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट


१२ मंसिर २०७६, बिहीबार
prabhu 4

काठमाडौं, १२ मंसिर । प्रभु बैंकले २ अर्बको डिबेन्चर जारी गर्ने भएको छ। ‘प्रभु बैंक डिबेन्चर २०८४’ नाम दिइएको उक्त डिबेन्चरको विक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छानिएको छ।

बैंकले एक हजार अंकित दरको ८ वर्ष भुक्तानी अवधिको डिबेन्चर जारी गर्न लागेका हो। यसका लागि मंगलबार प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

प्रभु बैंकले तीन तीन महिनामा १० प्रतिशतका दरले ब्याज भुक्तानी गर्ने गरी ऋणपत्र जारी गरेको हो।

जसमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ।

यसअघि प्रभु बैंकले १ हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी निष्काशन गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो।

उक्त ऋणपत्र माग गरेको भन्दा बढी मात्रामा खरिदका लागि आवेदन परेपछि विक्री अवधि समाप्त हुनु अगाडि नै बन्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७