नेपाललाई कमल श्रेष्ठले दिलाए तेस्रो स्वर्ण


१६ मंसिर २०७६, सोमबार
Kamal Shrestha Taekwondo

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।

तेक्वान्दोका कमल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा स्वर्ण जितेका हुन् ।

कमलले भारतका राहुल जैनलाईपछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका छन । उनले ८.०६० अंक प्राप्त गरे ।

त्यसअघि कृष्ण बहादुर तामाङले १७ देखि २३ वर्ष उमेर समूहमा रजत जिते । उनले ८.२५० अंक जोड्दा श्रीलंकाका रौनुका प्रभातले ८.२५० अंक ल्याउँदै स्वर्ण जिते । भारतका लाल्थला मुआनपुआ ८.०९० अंक सहित तेस्रो भए ।

यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य जितेको छ ।

तेक्वान्दोमा पहिलो दिन पुम्सेतर्फ १३ पदकको छिनोफानो हुनेछ ।

याे पनि पढ्नुहाेस्
मन्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण पदक

चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन् रजत पदक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७