१४ डिसेम्बरमा अमेरिकाको टेक्सास राज्यमा साकेला उधौली हुने


२६ मंसिर २०७६, बिहीबार
sakela Ubhauli Kirat Rai Society Of America Texas Chapter 1

काठमाडाैं, २६ मंसिर । किरात समुदायको महान चाडको उधौली चाड अमेरिकाको टेक्सासमा हुने भएको छ । आज (बिहिबार)देखि सुरु भएको साकेला उधौली १४ डिसेम्बरमा टेक्सास राज्यको अर्लिटनको लिगेसी पार्कमा साकेला शिली कार्यक्रम हुने भएको हो ।

किरात राई सोसाइटी अफ टेक्सास च्याप्टरको आयोजनामा विगतको वर्षहरुमा जस्तै टेक्सासमा बसोबास गर्दे आइरहेको नेपालीहरुले साकेला उधौली मनाउन लागेको  महासचिव प्रदीप राईले जानकारी दिए ।

साकेला शिलि कार्यक्रम विहान १० बजे पितृ पुजा गरि सुरु हुनेछ । कार्यक्रममा धनुवाण प्रतियोगिता समेत हुनेछ । आदिम कालमा धनुवाण प्रमुख हतियार भएको जानकारी दिनका लागि प्रतिगोगिता आयोजना गरिएको महासचिव राईले बताए ।

उनले भने,‘कार्यक्रममा आदिम काल प्रमुख हतिहार धुनवाण रहेको जानकारी दिन धनुवाण प्रतियोगिताको आयोजना गरेका छौँ र प्रतियोगिताको प्रथम, द्धितिया, तृतिया र सात्वाना पुरुष्कारको व्यवस्था गरिएको छ ।’

यस्तै कार्यक्रममा बिबिक्यू पार्टी पनि संमावेश गरिएको उनले जानकारी दिए

साकेला उधौली/उभौली किरात राई समुदायको बसोवास रहेको मुलभुमि नेपालसँगै विश्वको सबै देशहरुमा मनाइन्छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ । आज(बिहिबार)बाट साकेला उधौली सुरु भएको छ ।

यो पनि पढ्नुहोस्
अमेरिकाको टेक्सासमा नेपालीहरूले मनाए साकेला उधौली


उधाैलीकाे अवसरमा नेपालको प्रदेश नं. १ सार्वजनिक विदा दिइएको छ । भने  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपसभामुख लगायतले साकेला उभौलीको देश विदेशमा रहेको नेपालीहरुमा हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

साकेला उधौली कसरी मनाइन्छ ?
साकेला उभौली र उधौली गरी बर्षमा दुई पल्ट मनाइन्छ । उभाली हरेक वर्ष बैशाख पूर्णिमादेखि १५ दिनसम्म मनाइन्छ । भने उधौली मंसिर पुर्णिमादेखि १५ दिनसम्म मनाइन्छ ।

उभौली प्रकृतिमा रहेको जनावर तथा चराचुरुङ्गी बेसीतिरबाट लेकतिर, गर्मीबाट जाडो तीर समयमा पर्छ । प्रकृति पुजक किरातीहरु यो समय खेतीपाती, बालीनाली सप्रियोस भनि प्रकृतिलाई पुजा गरि बल माग्ने गर्छन् ।

यस्तै उधौली चाड जनावर तथा चराचुरुङ्गीहरु लेकबाट बेसि तीर झर्ने समयमा तथा गर्मीबाट जाडो सुरु हुने समय मनाइन्छ । उधौली अन्नबाली भित्र्याएको खुसीयाली र अन्नबालीको शह बसोस् भनि पुजा गरि मनाउने गरिन्छ ।

उधौली चाडलाई लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरूले चासुवा र सुनुवारहरूले फोलस्याँदर भन्दछन् । किराँत समुदाय भित्र विभिन्न जातिहरू रहेकाले जाति, स्थान र संस्कार अनुसार यो पर्व फरक–फरक तरिकाले मनाउने गरिन्छ ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

हुर्रे हा हा….,
‘सोई ढोले सोई
‘अर्को ढोले खै’

भन्दै यस दिन पारम्परिक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ ।  सिलीमामा  आफ्नो जातीय पहिरन (भेषभुषा)मा सजिएर साकेला र साकेन्वा र सखेवा सिली नाच्छन् । कालो कोट, दौरा(सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् ।

हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला शिली अहिले सबै जातीका युवायुवतीको पनि सहभागिता बढ्दो छ ।

नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउको माध्यमबाट ढोल, झ्याम्टाको तालमा विभिन्न जीव, जनावर, पशुपक्षी, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको, उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा शिली नाच नाच्ने गर्छन् । सो शिलिनाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रीय छ ।

साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयको माध्यमबाट नाचमा उतारिन्छ । यसलाई ‘सिली टिप्ने’ भनिन्छ । सिली टिप्ने वा नाच्ने तरिका ठाउ“अनुसार फरक हुन्छ । यसरी नाच्दा वा सिली टिप्दा अभिनय वा हाउभाउसँग मिल्ने, पितृ र प्रकृतिसँग मेल खाने गीत गाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७