सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच सम्झौता


२ पुष २०७६, बुधबार
1576672197civil

काठमाडौं, २ पुष । सिभिल बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम कार्यक्रम संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतापत्रमा सिभिलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ इन्स्टिच्युटकातर्फबाट प्रमुख कार्यकारी अधिकृतकुमार लम्सालले हस्ताक्षर गरे।

यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउँनेछ। सिभिल बैंकको शाखा संख्या १०१ र एटिएम संख्या ८० पुगेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७