जागिर लगाइए दिने भन्दै वकिलले ठगे १० लाख


२० पुष २०७४, बिहीबार
thagi

काठमाण्डौं : विद्युत प्राधिकरणको सिनियर मिटर रिडर पदमा जागिर लगाई दिने भन्दै १० लाख ठगी गर्ने वकिलसहितका दुई जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा सप्तरीको बालन गाउँपालिका घर भई हाल कोटेश्वर बस्दै आएका ३७ वर्षीय जयप्रकाश दास र सिरहा भगवानपुर गाउँपालिका घर भई हाल बानेश्वरको शान्तिनगरमा बस्दै आएका ४३ वर्षीय अशोककुमार मुखिया छन् । दास कानुन व्यवसायी हुन् ।thagi

विद्युत् प्राधिकरणले सिनियर मिटर रिडर पदमा आवेदन माग गरेकोमा आवेदकसँग उनीहरुले आफू श्रम मन्त्रालयको कर्मचारी भएको भन्दै नाम निकालिदिने र त्यसवापत उक्त रकम दिनु पर्ने भन्दै रकम लिएका थिए । बैंक खातामा रकम जम्मा भएपछि दुवै जना सम्पर्कबिहीन थिए । अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उनीहरुले अन्य व्यक्तिसँग समेत ठगी गरेको हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७