लिम्बू पत्रकार संघ काठमाडौंको अध्यक्षमा एमपी सुब्बा


१४ माघ २०७६, मंगलवार
limbu journalist scaled

काठमााडैं, १४ माघ । लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।

मंगलबार काठमाडौंको बागबजारमा सम्पन्न अधिवेशनले संघको उपाध्यक्ष सुक तुम्रोक, सचिव महेश लिम्बू र कोषाध्यक्ष सम्पदा योङ्यालाई निर्वाचित गरेको छ ।

यस्तै, समितिका सदस्यमा अविन लिम्बू, एसिका सम्बाहाङ्फे शारिका चोङबाङ, रोहित आङ्बो, सेरिहाङ लिङ्देन र पर्शुराम लिम्बू चयन भएका छन् ।

यसैगरी सदस्यमा विकेश लिम्बू, सोनिया लिम्बू, र दिलीप सेर्मा निर्वाचित भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा ११ जनालाई चयन गरेको छ ।

केन्द्रीय प्रतिनिधिमा रोशन साँवा, कुलचन फोम्बो, सेन्छेलुङ पतङवा, धनबहादुर फागो, रीतुहाङ थेबे र विश्व साम्याङखाम रहेका छन् ।

यस्तै, रीता लिम्बू, रोशना सुब्बा, शैलेन्द्र थेबे, जीवन लिम्बू र कृष्ण थलङलाई पनि केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७