कोरोना भाइरसले लियो ऊहान अस्पतालका निर्देशककै ज्यान


६ फाल्गुन २०७६, मंगलवार
corona tbkEPbrdmb

काठमाडौं, ६ फागुन । कोरोना भाइरस जन्मिएको शहर ऊहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान निधन भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ ।

कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको जनाइएको छ । कोरोना भाइरसको उपचारमा संलग्न डाक्टरकै निधन भएपछि यसले थप हलचल पैदा गराएको छ ।

करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो । कोरोना भाइरसबाट सोमबारसम्म एक हजार ८७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४३३ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७