कोरोना प्रभावित यी पाँच देशका उडान रद्द गर्न सर्वोच्चकाे अन्तरिम आदेश


१९ फाल्गुन २०७६, सोमबार
supreme court adalat

काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीनसहित उच्च संक्रमण देखिएका पाँच देशको उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ।

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानआदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो।

कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेशमा भनिएको छ । अधिवक्ता पूर्ण राजवंशीको रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले हिजो मात्र विभिन्न निर्णय गर्दै कोरोना प्रभावित देशबाट नेपाल भित्रिने सबैको स्वास्थ्य जाँच गर्ने निर्णय गरेको छ । जस अनुसार त्रिभुवन विमानस्थलमा तीन वटा थर्मल मेशिन समेत थपिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७