कोरोनाविरुद्ध कोरियाकाे युद्ध, छुट्यायो २५ अर्ब डलर

चर्चका प्रमुख निर्देशक हीसहित १२ जनाविरूद्ध रोग नियन्त्रण कानुन उल्लंघनको मुद्दा दर्ता


२० फाल्गुन २०७६, मंगलवार
korea

सउल, २० फागुन । दक्षिण कोरियाले कोरोना (कोभिड–१९ विरूद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोना भाइरसविरूद्ध युद्धमा गइसकेको बताए ।

सोमबार मात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ । योसँगै कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रपति मुनले भाइरसविरूद्धको लडाइँमा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जानकारी दिए ।

योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घण्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन् । मुनले कोरिनाविरूद्धको लडाइँ यसअघि नै गम्भीर मोडमा पुगिसकेको बताएका थिए ।

korea 1

कोरियाको थेगु सहर कोभिड–१९ को उद्गम बनेको छ । सुरूमा त्यहाँको एक चर्चबाट भाइरस फैलिएको थियो । अहिले संक्रमित भएकाहरूमध्ये ६० प्रतिशत सोही चर्चमा जानेहरू रहेको बताइएको छ ।

यसैबीच कोभिड–१९ भाइरस फैलाएको आरोपमा थेगुको सिन्चियोन्जी चर्च अफ जिससका नेतालाई हत्या अभियोगमा अनुसन्धान थालिएको छ । सउलको सरकारले संक्रमण रोक्न समन्वय गरौंभन्दा अस्वीकार गरेको भन्दै ८८ वर्षीय ली म्यान हीविरूद्ध नागरिकको हत्या गरेको अभियोगमा अनुसन्धान गर्न मुद्दा हालेको हो ।

हीले स्थापना गरेको उक्त चर्चका अहिले कोरियाभरि शाखा छन् । तिनैमध्ये थेगु सहरमा रहेको शाखाबाट कोरियामा कोभिड–१९ को संक्रमण फैलिएको हो । सउलका मेयर पार्क वन सुनले ही र चर्चका अन्य नेताहरूले सुरूदेखि नै सहयोग गरेको भए प्रभावकारी व्यवस्था अपनाएर अहिले मृत्यु भएका धेरैको ज्यान बचाउन सकिने बताए ।

‘अवस्था यति गम्भीर र आपतकालीन छ तर यो आपतका प्रमुख निर्देशक ली मान हीलगायत चर्चका नेताहरू कहाँ छन्,’ मेयर सुनले फेसबुकमा लेखेका छन् । सउल सरकारले ही र अन्य १२ जनाविरूद्ध हत्या र रोग नियन्त्रण कानुनको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७